आज समानुपातिक बन्दसूची सच्याउने अन्तिम दिन
काठमाडाैं | असोज ९, २०७९
काठमाडौं: समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची छानविन गरी आबश्यकता अनुसार सच्याउनलाई दलहरुलाई सूचित गर्न निर्वाचन आयोगले निर्धारण गरेको समयाबधी आज सकिदैछ ।
गत ४ गतेदेखि आजसम्म बन्दसूची सच्याउनलाई सूचित गर्ने निर्णय आयोगले गरेको थियो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय पनि गरेको थियो ।
त्यसअनुसार अब आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
बन्द सूचीको छानवीनका क्रममा त्रुटी देखिएपछि केही दललाइ बन्द सूची सच्याउन आयोगले पत्रचार गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

